 
																			३० फागुन, काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापकमध्येका एक प्रा.डा. भद्रमान तुलाधरको निधन भएको छ । मस्तिष्कघातका कारण विगत तीन सातादेखि अस्पतालमा उपचाररत तुलाधरको बुधवार काठमाडौंमा निधन भएको हो ।
प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. तुलाधर तथा प्रा. सीताराम अधिकारी काठमाडौं विश्वविद्यालयका प्रमुख संस्थापक हुन् ।
गणितका प्राध्यापक प्रा.डा. तुलाधरले विश्वविद्यालयको रजिष्ट्रारका रुपमा पनि काम गरेका थिए । उनले रूसबाट गणितमा विद्यावारिधि गरेका थिए ।
तुलाधरको शवलाई श्रद्धाञ्जलिका लागि बिहीवार बिहान ९ बजेदेखि १०ः३० बजेसम्म स्कुल अफ म्यानेजमेन्ट (कुसोम) बालकुमारीमा राखिने र बिहीवार नै अन्तिम संस्कार गरिने काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अच्युत वाग्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4