+
+

प्रधानमन्त्रीलाई अब्दुल खानको प्रश्न : मन्त्रिपरिषदमा दलित र मुस्लिमको प्रतिनिधित्व खै ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १२:४७

१ चैत, काठमाडौं । जनमत पार्टीले मन्त्रिपरिषद्मा दलित र मुस्लिमको प्रतिनिधित्व नरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै जनमत पार्टीका सांसद अब्दुल खानले नेपालमा ४० लाख बढी दलित र १५ लाख बढी मुस्लिम समुदाय रहेको बताए ।

तर, २२/२५ जनाको मन्त्रिपरिषदमा जना पनि दलित र मुस्लिम समुदायको प्रतिनिधित्व नहुनु दुःखद रहेको बताए ।

‘म सम्माननीय प्रधानमन्त्रीसँग सोध्न चाहन्छु- के तपाईंले लागू गर्न खोज्नुभएको समानुपातिक समावेशी सिद्धान्त यही हो ?’ उनले प्रश्न गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?