+
+

२१ सयभन्दा तल झर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १५:१६

१ चैत, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से फेरि २१ सयमुनि झरेको छ । अघिल्ला दुई दिन २१ सयमाथि अडिएको बजार बिहीबार २७.८४ अंक घटेपछि  २०८० अंकमा झरेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडमा खुम्चिएको छ ।

सबै समूहका सूचक झरेका छन् । जीवन बीमा र माइक्रोफाइनान्स समूह २ प्रतिशतभन्दा धेरै झरे । बैंकिङ १३, विकास बैंक ५४, फाइनान्स २०, होटल तथा पर्यटन ४७, हाइड्रोपावर १६, जीवन बीमा २८७, उत्पादन ७५, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १८८, अन्य १६ र व्यापार समूह २० अंक घटे ।

कुल ४४ कम्पनीको मूल्य बढ्दा १९६ को घट्यो भने ४ को स्थिर रह्यो । धेरै मूल्य घटबढ भएका कम्पनीहरुमा भने माइक्रोफाइनान्सहरु अगाडि रहे । विन नेपाल लघुवित्त, मानुसी र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । गोर्खाज फाइनान्सको ८, कर्णाली विकास बैंकको ७.७, समाज लघुवित्तको ७.२, मनकामना स्मार्ट लघुवित्तको ६.१ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै स्वाभिमान लघुवित्तको ६, जाल्पा सामुदायिक लघुवित्तको ५.६, धौलागिरि लघुवित्तको ५.३ प्रतिशत मूल्य बढ्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.२, एनआईसी एसिया लघुवित्तको ५.१ तथा जनउत्थान सामुदायिक लघुवित्तको ५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोशी, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, गोर्खाज फाइनान्स र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?