+
+

उदयपुर दुर्घटना अपडेट : ८ जनाको मृत्यु, ९ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १६:४७

१ चैत, विराटनगर । उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर गाडी बिहीबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाईते भएको प्रहरीले बताएको छ ।

सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो ।

दुर्घटनामा बोलेरोमा सवार रहेका ७ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा धरानको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार हतुवागढी गाउँपालिका–२ का ४० वर्षीय सवारी चालक मानबहादुर बस्नेत, गाडीमा सवार हतुवागढी गाउँपालिका– २ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, चन्द्रप्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका– ९ का ६८ वर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका– ५ की ३० वर्षीया रामकुमारी राई, र सुनसरीको इटहरीका ४५ वर्षीय कमल अधिकरीको घटनास्थलमा मृत्यु भएको थियो । हतुवागढी गाउँपालिका– ५ का ४२ वर्षीय किसान राईको धरानको बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका– ५ का ३७ वर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका– ६ भोजपुरकी २० वर्षीया मिनु राई, सोही स्थानकी ३६ वर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका– २ की ३२ वर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका– १ का १७ वर्षीय सुनिल परियार, सोही स्थानकी १७ वर्षीया सबिना परियार, ईटहरी– १७ सुनसरीकी ३४ वर्षीया गायित्री कट्वाल, उनकी ८ बर्षकी छोरी निकिता कट्वाल र ईटहरी– १७ की २९ वर्षीया रमा थापाको बि.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?