+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अब जन्मदर्ता गर्दा नै पाइनेछ राष्ट्रिय परिचय नम्बर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १८:०६
Photo Credit : एआई सिर्जित

१ चैत, काठमाडौं । अब जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचय नम्बर (एनआईएन) दिइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ ।

विभागले नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न भन्दै परिपत्र गरेको हो ।

नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपी जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधित तथा प्रतिलिपी प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्न पनि विभागले निर्देशन दिएको छ ।

कुनै प्राविधिक कारणले जन्म दर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरी राष्ट्रिय परिचय नम्बर पाएपछि मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न पनि परिपत्रमा भनिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा नेपाली नागरिकका सन्तानको जन्म दर्ता गर्दा नै स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिएबमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर दिनुपर्ने व्यवस्था छ ।

त्यसैअनुसार विभागले २७ फागुन २०८०को निर्णयअनुसार नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरको सन्तानको जन्म दर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्न भन्दै परिपत्रमा गरेको छ ।

ऐन र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ मा विदेशस्थित नेपाली नियोगबाट समेत पञ्जीकरण गर्ने व्यवस्था भएअनुसार २१ फागुनदेखि विभिन्न नेपाली नियोगबाट व्यक्तिगत घटना (जन्म र मृत्यु) दर्ता प्रक्रिया सुरुवात भइसकेको छ ।

नेपाली राजदूतावास बेइजिङ चीन, टोकियो जापान, पेरिस फ्रान्स, दोहा कतार, मड्रिड स्पेन, लण्डन संयुक्त अधिराज्य, क्यानबेरा अस्ट्रेलिया, वासिङ्टन डीसी अमेरिका, बर्लिन जर्मनी, क्वालालम्पुर मलेसिया, रियाद साउदी अरेबिया, सियोल दक्षिण कोरिया, अबुधाबी संयुक्त अरब ईमिरेट्स, बैंकक थाईल्याण्डर ओटवा क्यानडाबाट जन्म तथा मृत्यु दर्ता गर्न सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?