+
+

बसिरको अलराउन्ड प्रदर्शनमा आर्मी फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १३:५१

२ चैत, काठमाडौं । युवा अलराउन्डर बसिर अहमदको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

१६४ रनको लक्ष्य आर्मीले १९.१ ओभरमा ५ विकेट गुमाउँदै भेटायो । आर्मीका लागि बसिरले २८ बलमा ५ चौका र २ छक्कासहित नटआउट ५० रन बनाए । त्यस्तै सन्तोष कार्कीले ३१, तृतराज दासले ३८ र सन्दीप रजालीले १७ रन बनाए । सुदूरपश्चिमका दीपक बोहराले दुई, हेमन्त धामी र नरेन साउदले एक–एक विकेट लिए ।

बैजनाथपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । उसका लागि नारायण जोशीले २२ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रन बनाए ।

किरण ठगुन्नाले ३२ बलमा ३ चौका र ३ छक्कासहित ४३, नरेन भट्टले १५, खडक बोहराले ११ र दीपक बोहराले १४ रन जोडे । स्पिनर बसिर अहमदले ४ ओभर बलिङ गर्दा २३ रन खर्चेर ४ विकेट लिए । नितेश पटेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । सुमित श्रेष्ठको नाममा एक विकेट रह्यो ।

शुक्रबार नै दोस्रो सेमिफाइनल खेलमा लुम्बिनी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?