+
+

१५ मिनेटका लागि स्थगित प्रतिनिधि सभा झण्डै दुई घण्टासम्म सुरु भएन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १५:५६

२ चैत, काठमाडौं । १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभा झण्डै दुई घण्टासम्म सुरु हुन सकेको छैन । दुई घण्टाभन्दा बढी समयसम्म सुरु हुन नसके प्रतिनिधि सभाको बैठक स्वतः स्थगित हुने प्रतिनिधि सभा नियमावलीमा छ ।

रवि लामिछाने गृहमन्त्रामा स्वार्थ बाझिने भनी कांग्रेसले प्रश्न उठाउँदै आएको छ । सहकारी ठगीको अनुसन्धानको घेरामा रहेका लामिछानेलाई गृहमन्त्री बनाएको भनी कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेको छ । प्रधानमन्त्रीका लागि रुलिङ हुनुपर्ने माग गर्दै कांग्रेसले अवरोध गरेपछि स्थगित भएको प्रतिनिधि सभाको बैठक झण्डै दुई घण्टासम्म सुरु भएको छैन ।

प्रतिनिधि सभाका शुक्रबार राजनीतिक दल सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो । शून्य र विशेष समय सकिएपछि सभामुख घिमिरेले लविधेयक प्रस्तुत गर्न उपप्रधान तथा गृहमन्त्रीलाई समय दिएपछि कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले कार्यसूचीमा अगाडि बढ्न आग्रह गर्दा समेत कांग्रेसले नमानेपछि १५ मिनेका लागि स्थगित भएको बैठक सूचारु गराउनका लागि सभामुख घिमिरेले पहल जारी राखेका छन् । उनले राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुसँग सामुहिक र एक्ला एक्लै समेत संवाद गरिरहेका छन् ।

गृहमन्त्री लामिछानेले विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची हटाए संसद चल्न दिने कांग्रेसको भनाइ छ । सत्तारुढ दलहरु यस्तो अभ्यास गर्न नहुने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?