+
+

प्रचण्डको ब्रिफिङ : कांग्रेसको असहयोग र एमालेको स्वीकारोक्तिले गठबन्धन फेर्नुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १९:१५

२ चैत, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले असहयोग गरेका कारण गठबन्धन परिवर्तन गर्नु परेको ब्रिफिङ पार्टीको स्थायी समिति बैठकमा गरेका छन् ।

शुक्रबार बसेको पार्टी स्थायी समिति बैठकमा प्रचण्डले सरकार सञ्चालनमा कांग्रेसले असहयोग गरेको र एमालेले विगतप्रति रियलाइजेसन सहित सहकार्यका लागि हात अघि बढाएपछि गठबन्धन परिवर्तन गर्ने स्थिति बनाएको बताएका हुन् ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार प्रचण्डले नयाँ गठबन्धन लामो समय जाने गरी सोचेको भन्दै आफ्नो तर्फबाट इमान्दार प्रयास गर्ने समेत बताएका थिए ।

‘पुरानो गठबन्धनमा कांग्रेसले असहयोग गरेको बारेमा तपाईहरूलाई जानकारी नै थियो । त्यसमा पनि पछिल्लो समय अर्थमन्त्रीसँग अलिकति अप्ठेरो भयो’, प्रचण्डले बैठकमा बोलेको धारणा उद्धृत गर्दै ती नेताले भने, ‘त्यति नै बेला एमालेले आफ्नो विगतलाई रियलाइजेसन गरेर सहकार्य गरौँ भन्यो । यो नै उचित समय हो भनेर निर्णय गरिएको हो ।’

माओवादी केन्द्रको स्थायी समिति बैठकले पहिलो अधिवेशनमार्फत तयार पारेको विधानलाई अन्तिम रूप समेत दिएको छ ।

माओवादीले अब कमिटीहरू प्रत्यक्ष निर्वाचनबाट र निर्वाचित कमिटीबाट पदाधिकारी चयन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?