+
+

विश्वमा नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते १२:४१

३ चैत, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरूले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताएका छन् ।

शनिबार बिहान काठमाडौंमा आयोजित ‘प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म” नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

‘विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हो,’ उनले भने ।

प्रा.डा. सूर्य सुवेदीसँऊ नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे आफूले सहयोग मागेको बताउँदै प्रचण्डले एमसीसी सम्झौतामा पनि उनको मध्यमार्गी विकल्पलाई लागू गरिएको बताए ।

लोकार्पणमा प्रा.डा. सूर्य सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेपबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?