+
+

सुदूरपश्चिम सरकारलाई समर्थन दिने नाउपाको निर्णय, २ सांसद अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते २०:१८

४ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका छन् ।

आइतबार प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको पाँच जना प्रदेशसभा सदस्यको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

बैठकमा नाउपाका प्रदेशसभा सदस्यहरु कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । बैठकमा सहभागी भएका नाउपा सांसदहरु अहिले सरकारमा नै सहभागी छन् ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताए ।

बैठकमा सहभागी नभएका प्रदेशसभा सदस्यहरूलाई समेत सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको दाबी गरे । केन्द्रमा नयाँ गठबन्धनमा सामेल भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका बेला प्रदेशमा छुट्टै समीकरण बनाएर नयाँ सन्देश खोजिएको उनी बताउँछन्।

नाउपाले मुख्यमन्त्रीलाई समर्थन कायमै रखेपनि उनीसँग कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना मात्र पुग्छन् ।

राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा। ताराप्रसाद जोशीले समर्थन गरे मात्र शाहलाई आवश्यक पर्ने बहुमत सांसद २७ पुग्छन् ।

संघमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादील पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका थिए ।

नाउपाले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउने प्रयास अन्तरगत उक्त पार्टीबाट राज्यमन्त्रीसहित चार जनालाई मन्त्री बनाएका थिए ।

चार जना मन्त्री थपेपनि उनलाई राप्रपा र स्वतन्त्र सांसदले समर्थन नगरेका कारण अहिले २५ जना सांसद मात्र उनको पक्षमा छन् ।

नाउपामा सरकार विस्तारको विषयलाई लिएर संस्थापक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?