+
+

राष्ट्रिय महिला लिग छनोट दुई साता पछि सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १८:५८

५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने राष्ट्रिय महिला लिगको पहिलो चरण दुई साता पछि सरेको छ ।

महिला लिगको छनोटको आधारमा रहेको प्रतियोगिता यसअघि २३ चैतबाट सुरु गर्ने तय थियो । अब प्रतियोगिता दुई सातापछि अर्थात २०८१ साल बैशाख ७ गतेदेखि सुरु हुने भएको छ ।

तर बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितासँग मिति जुधेका कारण प्रतियोगिता सार्ने निर्णय भएको एन्फाले जनाएको छ ।

खेल गितिविमा कुनै असर नपरोस् भने बागमती प्रदेश खेलकुद विकास परिषदको अनुरोधमा प्रतियोगिता सारिएको एन्फाले जनाएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषदले चैत २५ गतेदेखि वैशाख १ गतेसम्म अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ ।

महिला लिगको पहिलो चरणमा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ । यसमा शीर्ष तीन स्थानमा रहने टोलीले राष्ट्रिय महिला लिगमा स्थान बनाउनेछन् । जहाँ ३ प्रदेश र ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?