News Summary
Generated by OK AI. Editorially reviewed.- पेरिस सेन्ट जर्मेन युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
- युभेन्ट्सले दोस्रो लेगमा गालातासारेमाथि ३-२ को जित निकाले पनि समग्रमा ५-७ ले पराजित भएको छ।
- डर्टमन्डलाई एट्लान्टाले अतिरिक्त समयमा गोल गर्दै ४-१ ले पराजित गर्दै समग्रमा ४-३ को जित निकालेको छ।
१४ फागुन, काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गएराति भएको प्लेअफको दोस्रो लेगको खेलमा मोनाकोसँग २-२ गोलको बराबरी खेलेपनि समग्रमा ५-४ को नतिजासहित पीएसजी अगाडि बढेको हो । पहिलो लेगमा पीएसजी ३-२ ले विजयी भएको थियो ।
घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको खेल २-२ गोलको बराबरीमा सकियो । खेलमा मोनाकोले सुरुवाती अग्रता लिएर पीएसजीले अग्रता फर्काएपनि मोनाकोले फेरि बराबरी गरेको थियो ।
खेलको ४५औं मिनेटमा माघनेस अक्लिओचेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा मार्किनेसले गोल गर्दै खेल बराबरीमा ल्याए ।
६६औं मिनेटमा भिचा भरत्सिखेलाले पीएसजीलाई अग्रतामा ल्याए । इन्जुरी समयको पहिलो मिनेटमा जोर्डन तेजेले गोल गरेपछि खेल बराबरीमा सकियो ।
पीएसजी पहिलो लेगको अग्रताले अगाडि बढ्न सफल भयो ।
पीएसजी अगाडि बढ्दा इटालियन क्लब युभेन्ट्स र जर्मन क्ल बोरुसिया डर्टमन्ड भने बाहिरिएका छन् ।
युभेन्ट्सले दोस्रो लेगमा गालातासारेमाथि ३-२ को जित निकालेको भएपनि समग्रमा ५-७ को हार बेहोर्यो ।
यस्तै डर्टमन्डलाई एट्लान्टाले ४-१ ले पराजित गर्दै समग्रमा ४-३ को जित निकाल्यो । निर्धारित ९० मिनेटमा एट्लान्टा ३-१ ले अगाडि रहेपछि समग्र स्कोर ३-३ भएको थियो ।
त्यसकारण थप भएको अतिरिक्त समयमा एट्लान्टाले चौथो गोल गर्दै ४-३ को नतिजा निकालेको हो । पहिलो लेगमा डर्टमन्डले २-० को जित निकालेको थियो ।
प्रतिक्रिया 4