+

राष्ट्रिय लिग फुटबलमा पुलिसको दोस्रो जित

२०८२ फागुन  १४ गते १३:५४ २०८२ फागुन १४ गते १३:५४
राष्ट्रिय लिग फुटबलमा पुलिसको दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले राष्ट्रिय लिग फुटबलमा बाराको नव जनजागृति युवा क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ।
  • पुलिसका धिरेन्द्र बहादुर शाह र सञ्जीव लामाले दुई-दुई गोल गरे भने दशरथ गिरी, भरत साह र विजय उराउले एक-एक गोल गरे।
  • पुलिसले ७ खेलबाट ७ अंक जोडेर अंकतालिकामा १०औं स्थानमा उक्लेको छ भने नव जन जागृतिले लगातार सातौं हार भोगेको छ।

१४ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय लिग फुटबलमा दोस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीबार बिहान भएको पहिलो खेलमा पुलिसले बाराको नव जनजागृति युवा क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको हो । यो राष्ट्रिय लिगकै सबैभन्दा फराकिलो जित हो ।

पुलिसका लागि धिरेन्द्र बहादुर शाह र सञ्‍जीव लामाले दुई-दुई गोल गरे भने दशरथ गिरी, भरत साह र विजय उराउले एक-एक गोल गरे ।

३६औं मिनेटमा धिरेन्द्रले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा दशरथले गोल गर्दै अग्रता दोब्बर पारे ।

४५औं मिनेटमा भरत साहले गोल गरे । इन्जुरी समयमा सञ्‍जीवले दुई गोल गरेपछि पहिलो हाफमै पुलिस ५-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ४८औं मिनेटमा धिरेन्द्रले व्यक्तिगत दोस्रो गोल गरे । ६१औं मिनेटमा विजयले गोल गरेपछि पुलिस ७-० ले विजयी भयो।

दोस्रो जितपछि ७ खेलबाट ७ अंक जोडेको पुलिस अंकतालिकामा १०औं स्थानमा उक्लेको छ ।

नव जन जागृतिको भने यो लगातार सातौं हार हो र अहिलेसम्म अंकविहिन रहेको यो टोली पूछारमा छ ।

लिगमा आजै प्लानिङ ब्वाइज र एनआरटी तथा त्रिभुवन आर्मी एफसी र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । दुवै खेल दशरथ रंगशालमा हुनेछ ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय