+

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

२०८२ फागुन  १४ गते ७:३५ २०८२ फागुन १४ गते ७:३५
रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
  • बुधबार राति घरेलु मैदान सान्टियागो बर्नाबउमा बेनफिकालाई ३–१ को समग्र जितसहित रियलले अन्तिम १६ स्थान पक्का गरेको हो।
  • खेलमा अरेलियन चुआमेनी र भिनिसियस जुनियरले एक-एक गोल गरे भने भिनिसियसको ८०औं मिनेटको गोल निर्णायक रह्यो।

१४ फागुन, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदान सान्टियागो बर्नाबउमा भएको दोस्रो लेगको खेलमा बेनफिकालाई पराजित गर्दै रियलले समग्रमा ३–१ को जितसहित अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

रियलको जितमा अरेलियन चुआमेनी र भिनिसियस जुनियरले एक-एक गोल गरे । बेनफिकाका राफा सिल्भाले एक गोल गरे ।

खेलको १४औं मिनेटमा सिल्भाले गोल गर्दै बेनफिकालाई अग्रता दिलाएका थिए । तर दुई मिनेटपछि नै चुआमेनीले बराबरी गोल फर्काए ।

भिनिसियसले ८०औं मिनेटमा गरेको गोल नै जितको आधार बन्यो । पहिलो लेगमा पनि उनकै एकमात्र गोलले रियल विजयी भएको थियो ।

खेलअघि भिनिसियस जुनियरमाथि पहिलो लेगमा जातीय दुर्व्यवहार भएको आरोपको विषय चर्चामा थियो । त्यस घटनापछि बेनफिकाका खेलाडी जियानलुका प्रेस्टानीलाई एक खेल प्रतिबन्ध लगाइएको थियो । घरेलु समर्थकले पनि ‘नो टु रेसिज्म’ लेखिएको ब्यानर प्रदर्शन गर्दै समर्थन जनाएका थिए ।

घाइते किलियन एमबाप्पेबिना मैदान उत्रिएको रियलले केही कठिनाइ खेपे पनि अन्ततः जित निकाल्न सफल भयो ।

युरोपियन च्याम्पियन्स लिग रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय