+
+

महिन्द्रा उत्सव योजनाका तीन भाग्यशाली विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १९:३१

काठमाडौं ।  नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको अधिकृत वितरक अग्नी ग्रुपले ‘महिन्द्रा उत्सव–२०२३’ योजनाका विजेता घोषणा गरेको छ ।

कम्पनीले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित सो योजना सञ्चालन गरेको थियो । जस अन्तर्गत कम्पनीले तीन क्षेत्रमा विभाजन गरी विजेता घोषणा गरेको जनाएको छ ।

कम्पनीका अनुसार लक्की ड्र मार्फत घोषणा गरिएका वीरगञ्जका विजेता आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी र विर्तामोडका मिसेक फयाकले जावा फोर्र्टी टु मोटरसाइकल जितेका छन् ।

यसैगरी चरिकोटमा रहेको देवकोटा निर्माण सेवा प्रालिले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेको छ ।

६ चैतमा एक कार्यक्रमको आयोजना गरी अग्नी ग्रुपले बम्पर लक्की ड्र मार्फत पुरस्कार विजेता सार्वजनिक गरेको हो ।

कार्यक्रममा महिला राष्ट्रिय भलिबल खेलाडी सरस्वती चौधरी, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाबाट नेपालका लागि कन्ट्री म्यानेजर रक्क्षित राय, महिन्द्रा र महिन्द्रा लास्ट माइल मोबिलिटीका प्रतिनिधि दिपक कुमार, अग्नी ग्रुपका उपनिर्देशक बरदान बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

महिन्द्रा उत्सव योजनाका तीन जना भाग्यशाली विजेताहरुलाई स्थानीय कार्यक्रममार्फत उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?