+
+

नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल सुरु, उपासना दूतमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते ११:५९

काठमाडौं । नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औं संस्करण सुरु भएको छ । बुधबारदेखि सुरु महोत्सव शनिबारसम्म सीटीसी मलस्थित सिने द सेफ हलमा चल्नेछ ।

ओपनिङ फिल्मको रुपमा ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित आइरिस फिल्म ‘द बन्सिस अफ इनिसेरिन’ थियो । यो संस्करणमा ९ युरोपेली कथानक र ११ नेपाली छोटा फिल्म प्रदर्शन हुनेछन् ।

‘ईयू-नेपाल सम्बन्धको ५० वर्ष : सांस्कृतिक विविधताको उत्सव’ नारासहित फेस्टिभल आयोजना भएको हो । उद्घाटन समारोहमा युरोपेली युनियन डेलिगेसनकी राजदूतसहित आयरल्याण्डका राजदूतले मन्तव्य राखे ।

सो अवसरमा अभिनेत्री उपासना सिंह ठकुरीलाई महोत्सवको दूतको रुपमा नियुक्त गरियो । समारोहमा पुगेका अभिनेता धीरज मगरले यस्ता फिल्मले नेपाल र ईयूबीचको सम्बन्ध प्रगाढ बनाउन भूमिका खेल्ने बताए ।

समारोहमा युरोपेली कूटनीतिज्ञ, फिल्ममेकर लगायतको सहभागिता थियो । महोत्सव अप्रिल १० र ११ गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुनेछ । सुदूरपश्चिम विश्वविद्यालयको हलमा फिल्म स्क्रिनिङ हुनेछन् । नेपालगञ्जमा अप्रिलमा १५ फिल्म स्क्रिनिङ हुनेछन् । कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा १९ र २० अप्रिलमा महोत्सव हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?