+
+

‘म्याड म्याक्स फ्युरी’को नयाँ ट्रेलरमा कार एक्सनका खतरनाक दृश्य

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १८:०७

काठमाडौं । वार्नर ब्रोजले चर्चित हलिउड फिल्म ‘म्याड म्याक्स : फ्युरी रोड’को नयाँ श्रृंखला ‘फ्युरियोसा’को दोस्रो ट्रेलर सार्वजनिक गरेको छ । कुनै विपत्तिले ब्रह्माण्ड ध्वंश भइसकेको सेटिङमा तयार भएको यो फिल्म सन् २०२४ को हलिउडको निकै प्रतीक्षित फिल्म हो ।

फिल्मले अन्या–टेलर जोयलाई योद्धा राजकुमारी फुरियोसाको रूपमा चित्रण गरेको छ । यसअघि यो भूमिकामा चार्लिज थेरोनले अभिनय गरेकी थिइन्, जुन सन् २०१५ मा रिलिज भएको थियो ।

फिल्मले जवान फुरियोसालाई पछ्याउँछ, जब उनलाई हरियाली ठाउँबाट निक्लन बाध्य पारिएको छ र पहिलोपटक उजाड संसारको पागलपनको सामना गर्न बाध्य छिन् । मरुभूमिमा कोरियोग्राफ गरेका स्टन्टले दर्शकलाई जुरुकजुरुक बनाउन सक्छ । यो फिल्मको श्रृंखलाको विशेषता भनेकै कार एक्सन दृश्यको रचना हो ।

टेलर जोयसँगै फिल्ममा क्रिस हेम्सवर्थ र टम बर्क पनि छन् । नयाँ ट्रेलरमा टेलर-जोयले आफ्नो कपाल काट्दै रोबोटिक हातलाई प्रोस्थेटिक लगाएर आफूलाई पात्रमा परिणत गरेको दृश्य देख्न सकिन्छ । त्यसपछि बदलाको लडाइँ सुरु हुन्छ ।

यो फिल्म ‘म्याड म्याक्स’ श्रृंखलाको छैटौं सिक्वेल हो । पछिल्लो श्रृंखलामा टम हार्डी, चार्ली थेरोनले अभिनय गरेका थिए । उक्त फिल्मले विश्वव्यापी ३८० मिलियन डलर कमाइ गरेको थियो । ओस्कारमा १० विधामा मनोनित भएको थियो । यो फिल्म नेपालसहित विश्वभर जेठ ११ गतेबाट प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?