+
+

चिनियाँ राजदूतसँग फोटो खिचाएको विषयमा अभिनेता सोनम तोप्देनले दिए प्रष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १३:१७

काठमाडौं । चिनियाँ राजदूतसँग फोटो खिचाएपछि सामाजिक सञ्जालमा आलोचित बनेका अभिनेता सोनम तोप्देनले यो विवादमा प्रष्टीकरण दिएका छन् । उक्त फोटो नियतवश नखिचेको र चिनियाँ अधिकारीसँग कुनै सम्बन्ध नरहेको उनले उल्लेख गरेका छन् ।

युलेन्स स्कुलले आयोजना गरेको गायिका आनी छोइङ डोल्माको बायोपिक फिल्म ‘आनी बन्ड’को विशेष प्रदर्शनी समारोहमा राजदूत र विद्यार्थीसँग सामूहिक तस्वीर खिचाएको उनको भनाइ छ ।

तिब्बती समुदायको संघर्षप्रति भित्री र बाहिरी रुपमै आफ्नो सहानुभूति रहेको उल्लेख गर्दै तोप्देनले यो फोटो विवादबाट आफ्ना तिब्बती शुभचिन्तकमा पर्न गएको मर्माहतप्रति दुःख समेत व्यस्त गरेका छन् ।

उक्त फिल्मको प्रदर्शनमा चिनियाँ राजदूत र अधिकारीहरु आउने पूर्वसूचना आफूलाई नरहेको समेत तोप्देनले उल्लेख गरेका छन् । आरोपहरुलाई उनले पूर्ण रुपमा गलत भएको दाबी गरेका छन् ।

‘म अहिलेसम्म चिनियाँ दूतावासका कुनै पनि इभेन्टमा उल्लेख भएको छैन न त कहिल्यै चिनियाँ अधिकारीसामु पर्फम गरेको छु,’ अमेरिकाको सांगीतिक टुर सुरु गर्न लागेका कभर गायक समेत रहेका उनले भने । उनले तिब्बती समुदायको पक्षमा उभिन समेत आग्रह गरेका छन् । तर नेपालले एक चीन नीतिप्रति आफू प्रतिबद्ध रहेको बताउँदै आएको छ ।

सोनमको कामको कुरा गर्दा उनी अभिनित फिल्म ‘शाम्बाला’ले गत महिना बर्लिन फिल्म फेस्टिभलमा छनोट भएर इतिहास रचेको थियो । ‘सम्हालिन्छ कहिले मन’बाट उनले अभिनयमा डेब्यु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?