+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रमाण सहित उजुरी परे गृहमन्त्रीले राजीनामा दिनुपर्छ : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १५:०७

११ चैत, काठमाडौं । नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध प्रमाण सहित उजुरी दर्ता भए राजीनामा दिनुपर्ने बताएको छ । तर अहिले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका साथ राजीनामा मागेको उसले बताएको छ ।

आइतबार बसेको सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाण सहित उजुरी दर्ता भयो भने छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ ।’

तर अहिलेसम्म गृहमन्त्री लामिछाने विरुद्ध त्यो स्तरको उजुरी वा मुद्दा दायर नभएको र कुनै नियामक निकायले उनलाई बयानका लागि नबोलाएको उनले बताए । सहकारीमा जम्मा गरेको रकम ठगी भएर धेरै सर्वसाधारण पीडित भएको भन्दै उपमहासचिव ज्ञवालीले यसको छानबिन हुने बताए ।

भर्खरै भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पीडितहरुसँग सम्झौता पनि गरेको भन्दै उनले भने, ‘मन्त्रालय र सरकारले आफ्नो ढंगले गर्दैछ । यसक्रममा जो कोही दोषी देखियो भने एमालेले ढाकछोप गर्दैन ।’

तर अहिले कांग्रेसले द्वैध भूमिका देखाएको उनको आरोप छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदल्ने निर्णय गरेपछि कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेलाई प्रधानमन्त्री अफर गरेको भन्दै उनले भने, प्रधानमन्त्रीका लागि आफूले प्रस्तावित गरेको मान्छे गृहमन्त्रीका निम्ति अयोग्य हुन्छ भन्ने तर्क राजनीतिक प्रतिशोधबाहेक अरु हुन सक्दैन ।’

नेपाली कांग्रेसले भने गृहमन्त्री लामिछाने विरुद्ध सहकारी ठगीका विषयमा उजुरी परेकाले उनले राजीनामा दिनुपर्ने बताउँदै आएको छ । त्यस्तै उनीविरुद्ध संसदीय छानबिन नभएसम्म सदनमा गृहमन्त्री बहिष्कार गर्ने कांग्रेसले घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?