+
+

सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टले पायो चार तारे होटलको मान्यता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १३:३४

१२ चैत, काठमाडौं । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ’सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ ले ४ तारे होटल स्तरको मान्यता पाएको छ ।

पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरोन्नति गरेको होटलले जनाएको छ ।

‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागको पत्रमा भनिएको छ ।

२५ बिघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् रहेका छन् ।

पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न सकिने सुविधा समेत रहेको छ । सोही पोखरीमा होटलको ’फिस फार्म’ समेत रहेको छ । त्यस क्षेत्रमा भारतीय पर्यटकको बाहुल्य छ ।

रिसोर्टले ४ तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको सिध्दार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुविधा उपलब्ध छन् । रिसोर्टमा अहिले ७५ जनाले रोजगारी पाएका छन् । केही समयमै क्यासिनो सञ्चालनको योजना रहेको रिसोर्टले त्यसपछि ३८० जनालाई रोजगारी दिने लक्ष्य राखेको न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?