+
+

तापसी पन्नुले गरिन् डेनिस ब्याडमिन्टन खेलाडी म्याथियाससँग विवाह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १३:०२

काठमाडौं । बलिउड अभिनेत्री तापसी पन्नुले पूर्वओलम्पिक पदक विजेता तथा डेनमार्कका ब्याडमिन्टन खेलाडी म्याथियास बोएसँग विवाह गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मार्च २३ मा यी दुईले परिवारका सदस्य, निकट साथी र केही बलिउड सहकर्मीको उपस्थितिमा भारतको उदयपुरमा विवाह गरेका हुन् ।

मार्च २० देखि विवाह उत्सव सुरु भएको थियो । उनीहरुले विवाह समारोहलाई आफ्नो निजी मामिलाको रुपमा सीमित राख्न खोजेको देखिन्छ । शिख र इसाई परम्पराको मिश्रणअनुसार विवाह गरिएको इण्डियन एक्सप्रेसले जनाएको छ ।

विवाहको खबरबीच यी दुई निकट साथीसँग होली मनाउँदै गरेको देखिएका थिए । अभिलाष थपलिया नामक उनीहरुका साथीले इन्स्टाग्राममा पोस्ट गरेको फोटोमा तापसी र मैथियास पनि देखिएका छन् ।

विवाह समारोहमा केही बलिउड सेलिब्रेटी पनि सहभागी भएको जनाइएको छ । तापसी स्टारर ‘दोबारा’ र ‘थप्पड’का सहअभिनेता पभैल गुलाटी पनि विवाहमा पुगेका थिए । गत मार्चमा विवाहबारे सोधिएको प्रश्नमा तापसीले आफूले सही समयमा सही निर्णय गर्ने अभिव्यक्ति दिएकी थिइन् । अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्लेयर समेत रहेका म्याथियास र तापसी एक दशकदेखि प्रेम सम्बन्धमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?