+
+

ब्याडमिन्टन खेलाडी म्याथियाससँग विवाह गर्दै तापसी पन्नु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १६:३६

काठमाडौं । बलिउड अभिनेत्री तापसी पन्नुले विवाह गर्न लागेको खबर बाहिरिएको छ । उनले लामो समयदेखिका प्रेमी म्याथियास बोसँग विवाह गर्न लागेकी हुन् । यी दुई १० वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

तापसीले विवाहका लागि राजस्थानको उदयपुर रोजेकी छिन् । विवाहमा यी दुईजनाको परिवार मात्रै सहभागी हुने जनाइएको छ । विवरणअनुसार बलिउड सेलिब्रेटीलाई विवाहमा निम्तो दिइएको छैन । यी दुईजनाले शिख र इसाई परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।

यसअघि प्रियंका चोपडा, परिणिती चोपडा, कट्रिना कैफ र कियारा आडवाणीजस्ता अभिनेत्रीले पनि उदयपुरमा विवाह गरेका थिए । ३६ वर्षीया अभिनेत्री पन्नु र मथियास विगत १० वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् ।

तर यो जोडीले लाइमलाइटबाट टाढै रहेर सम्बन्धलाई सधैं गोप्य राखे । तापसीले प्रायः सामाजिक सञ्जालमा म्याथियाससँग फोटो र भिडियो पोस्ट गर्छिन् । यो जोडीले विवाहबारे आधिकारिक घोषणा गरिसकेको छैन । पन्नुले माथियासलाई पहिलोपटक बलिउड फिल्म ‘चस्मे बद्दूर’को सेटमा भेटेकी थिइन् ।

४३ वर्षीय म्याथियास बो डेनिस ब्याडमिन्टन खेलाडी हुन् । उनी दुई पटक युरोपियन च्याम्पियन र ओलम्पिक पदक विजेता भइसकेका छन् । उनले सन् २०२० मा ब्याडमिन्टनबाट सन्यास लिएका थिए ।

तापसी पन्नुले हिन्दी उद्योगका साथै तेलुगू र तमिल उद्योगमा काम गरिसकेकी छन् । सन् २०१० मा तेलुगू फिल्म ‘झुम्मांडी नादम’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । उनका करिअर मोडलिङबाट सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?