+
+

इलाम-२  उपचुनाव : उम्मेदवारका लागि माओवादीले पठायो ४ जनाको नाम

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १९:२६
माओवादीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ

१३ चैत, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम- २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।

कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको हो ।

जिल्ला समिति इलामको सिफारिसका आधारमा प्रदेश समितिले चार जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको उनले बताए ।

इलाम-२ मा एमालेले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार टुंगो लगाइसकेको छ । नेपाली कांग्रेसको प्रदेश समितिले केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार नाम टुंगो लगाउने भनेको छ ।

तर माओवादी केन्द्रभित्र पनि इलाममा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने मत देखिएको छ । ‘कार्यकर्ताको तर्फबाट आफ्ना उम्मेदवार उठाउनुपर्ने दबाब छ, हामीले केन्द्रमा पार्टीले  उम्मेद्वारी दिनुपर्छ भनेका छौं’, प्रदेश अध्यक्ष नेम्वाङले भने, ‘आफ्नै उम्मेदवार उठाउनका लागि नाम सिफारिस गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?