+
+

जेन दीपिका गारेटसहितका सेलिब्रेटी ‘आईसी डिजाइनर रनवे’को र्‍याम्पमा देखिने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १८:३१

काठमाडौं । जेन दीपिका गारेट, प्रियंका कार्की, नीति शाह, अश्मी श्रेष्ठ, मेलिना जोशी, प्रियंकारानी जोशी, समर्पणजंग कार्की, सविता कार्की लगायतका सेलिब्रेटीले र्‍याम्प नाप्ने भएका छन् ।

आउँदो शुक्रबार होटल याक एण्ड यतिमा आयोजना हुने १३ औं ‘आईसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो–स्टपरको रुपमा पहिरनसहित र्‍याम्पमा देखिन लागेका हुन् ।

जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको उक्त फेसन शोमा भारत, रुस, सर्विया लगायत मुलुकका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहने जनाइएको छ । २६ नेपाली मोडलले डिजाइन प्रस्तुत गर्नेछन् ।

अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत सहभागिता रहने शोको व्यवस्थापन जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गर्दैछ । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसन शोको रुपमा ‘आईसी डिजाइनर रनवे’लाई प्रस्तुत गर्न लागेको नेक्स्ट मोडल्स नेपालका सीइओ रवि धमलाले बताए ।

शोमा आईसी कलेजका २०२१ ब्याजका ७३ विद्यार्थी डिजाइनरले तयार पारेका भिन्न पहिरन १५ सिक्वेलमा प्रस्तुत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?