+
+

बनेपामा हत्या गरी सुनका गहना लुटपाट गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १९:०७

१५ चैत, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–१३ भैसेपाटीमा एक महिलाको हत्या गरी गहना लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

हत्या भएको झण्डै एक महिनापछि प्रहरीले हत्या आरोपीलाई धुलीखेलबाट पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१८ घर भइ बनेपा भैसेपाटी बस्दै आएका २९ वर्षीय अभिषेक आचार्जु छन् ।

आचार्जुले गत ११ फागुनमा भैसेपाटीस्थित वसन्त श्रेष्ठको घरमा डेरा गरी बस्ने ८३ वर्षीया वृद्धा लक्ष्मी तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीले बताए ।

तामाङ आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । हत्या पछि तामाङको सुनको मुन्द्रा समेत लुटपाट भएको थियो । हाल पक्राउ परेका व्यक्ति आचार्जु पनि वसन्त श्रेष्ठकै घरमा कोडा भाडा लिएर बस्ने गर्थे । हत्या पछि उनी फरार थिए । आचार्जु लागु औषध सेवनकर्ता रहेको समेत पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आचार्यविरुद्ध जिल्ला अदालत काभ्रेबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?