+
+

भलिबल संघ र केल्मीबीच ३ वर्षको सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १९:३१

१५ चैत, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) र खेल सामग्री उत्पादक कम्पनी केल्मीबीच नयाँ सम्झौता भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल भलिबल संघले स्पानिस खेल सामग्री उत्पादक कम्पनीसँग  सम्झौता गरेको हो ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आगामी तीन वर्षका लागि सम्झौता भएको अध्यक्ष चन्दले बताए । सम्झौताअनुसार अब केल्मीले नेपालको महिला, पुरुषको सिनियर र जुनियर सबै टिमलाई जर्सीदेखि ट्रेनिङ किटहरू प्रदान गर्नेछ । यस्तै केल्मीले भलिबल संघलाई एक सय थान नेट र चार सय थान बल पनि प्रदान गर्ने संघका अध्यक्ष चन्दले जानकारी दिए ।

यसअघि मनोरन्जन रमण शर्मा अध्यक्ष हुँदा २०७७ सालमा भलिबल संघ र केल्मीबीच पहिलो पटक दुई वर्षका लागि सम्झौता भएको थियो । बीचमा केही समय आपसी सहमतिमा काम भए पनि फेरि औपचारिक रूपमै सम्झौता भएको हो ।

भलिबल संघका अध्यक्ष चन्दले सम्झौताको रकम नखुलाए पनि त्यसको भ्यालुएसन करिब १ करोड बराबरको हुने जानकारी दिए । यो तीन वर्षमा केल्मीले भलिबल टिम र भलिबल संघका लागि गरी १ करोड बराबरको खेल सामग्री, जर्सी, ट्रेनिङ किटहरू उपलब्ध गराउने छ ।

अध्यक्ष चन्दले सहकार्यपछि खेलाडीले लगाउने जर्सीलगायत खेल सामग्रीमा भोग्नुपरेको झन्झटबाट मुक्त भएको बताए । उनले भलिबलका लागि एउटा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल आवश्यक रहेको बताउँदै सरकारबाट छिट्टै जग्गा प्राप्त हुने विश्वाससमेत व्यक्त गरे ।

यस्तै केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौपानेले नेपालकै चर्चित खेल भलिबलसँग फेरि सहकार्य गर्न पाउदा खुशी व्यक्त गरे । साथै उनले केल्मी र भलिबलको सम्झौताले आगामी दिनमा पनि निरन्तरता पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?