+
+

गुल्मीमा ६२ वर्षका वृद्ध नातिसँगै एसईईमा सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते २१:१८

१५ चैत गुल्मी । गुल्मीमा ६२ वर्षका एक वृद्धले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् ।

जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोट दहका टीकाबहादुर कुँवरले बिहीबार म्यालेपोखरी माध्यमिक विद्यालयबाट पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिए ।

उमेर छँदा विभिन्न कारणले पढ्न नपाएकाले पढ्ने रहर पूरा गर्नका लागि एसईई दिएको कुँवरले अनलाइनखबरलाई बताए । उनी पृथ्वी माध्यमिक विद्यालयका नियमित विद्यार्थी हुन् ।

टीकाबहादुरका नाति अंकितले पनि यस वर्षको एसईई केन्द्राध्यक्ष प्रेमबहादुर बोहराले जानकारी दिए । म्यालेपोखरी माध्यमिक विद्यालयको केन्द्रबाट १७४ जना एसईई परिक्षामा सहभागी भएका छन् ।

गुल्मीबाट यसवर्ष ४ हजार ९७ जना एसईई दिएका छन् । अघिल्लो वर्ष ४ हजार ७२२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।

जुन यस वर्ष भन्दा ६२५ जना बढी हो । जिल्लाबाट नियमित साधारणतर्फ ३ हजार ७९० जना नियमित प्राविधिक तर्फ २ सय ९५ जना विद्यार्थी सहभागी हुने भएका छन् । ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी भएका छन् ।

जिल्लाबाट यसवर्ष दृष्टिविहीन १ जना फरक क्षमता भएका १ जना विद्यार्थी पनि सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?