+
+
Shares

कर्मचारीको तलब बढाएर जनताको मत जितिँदैन : सांसद सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १५:०८

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले भूगोलको विविधता र सीमान्तकृत समुदायको आवश्यकताका आधारमा राज्यको नीति तय हुनुपर्ने बताइन् ।

‘हामीहरु बजेट भाषण गर्छौं, कर्मचारीको तलब बढाऔं भन्छौं । विभिन्न कुराहरु गर्छौं । तर, कर्मचारीको तलब बढाउँदैमा हुन्न । सर्वसाधारण नागरिकहरुको गुजारा कसरी चल्छ ? उहाँहरुको जीविकोपार्जनका लागि हामीले के सोच्ने ? उहाँहरुको लागि सोचेर बजेट निर्माण गर्नुपर्छ’, उनले भनिन् ।

नेपालले नेपालभित्रै उपलब्ध साधन र स्रोत पहिचान गरेर उपयोग गर्दै अगाडि बढ्नुपर्ने उनको सुझाव छ । अन्य मुलुकले विकास निर्माणका लागि अवलम्बन गरेका नीति भन्दा नेपालको सन्दर्भमा फरक नीति अवलम्बन हुन सक्ने भनी फराकिलो भएर सोच्न पनि उनको आग्रह छ ।

सस्तो र सुलभ तरिकाले नागरिकलाई सेवा दिनुपर्ने सांसद सापकोटाले बताइन् । यसो गरे विदेश पलायन हुनेक्रम रोकिने उनको विश्वास छ । उनी भन्छिन्, ‘युवाहरुलाई देशभित्रै राख्न धेरै कुराहरु गर्न सक्छौं र त्यस्तो प्रचुर सम्भावनाहरु पनि छन् । हिमाली र पहाडी क्षेत्रमा के गर्न सकिन्छ सोचौं ।’

मरुभूमि जस्ता अरबियन देशहरु आफैंसँग भएको पेट्रोलियम पदार्थको प्रयोग गरेर धनी भएको उल्लेख गर्दै उनी थप्छिन्, ‘हामीसँग भएका स्रोतहरु किन प्रयोग नगर्ने ?’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?