+
+

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १८:२५

कामाडौं । द ब्रिटिस कलेज (टीबीसी) ले यस पटक पनि अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको टीबीसीले यूकेस्थित आफ्नो साझेदार संस्था लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) का विद्यार्थीहरूलाई स्वागत गर्दै विभिन्न कार्यक्रमको आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको हो ।

२५ देखि २९ मार्चसम्म भएको कार्यक्रममा एलबीयूका आठ जना विद्यार्थीहरूसँगै टीबीसीका विद्यार्थीहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो ।

विश्वव्यापी शैक्षिक उत्कृष्टतालाई बढावा दिने टीबीसीको यस प्रयासमा १६ जना विद्यार्थीहरुले ‘इन्टरनेट अफ थिङ्ग्स’ जस्ता नवीन परियोजनाहरुमा संलग्न हुने मौका पाएका थिए ।

डा. पुनेह बघेरी जादेह, कोर्स डिरेक्टर, कम्प्युटर साइन्स, लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), ब्रिटिस कलेजका हेड अफ द स्कुल अफ कम्प्युटिङ, रोहितराज पाण्डे, लगायत प्रोग्राम लिडरहरुको सहभागिता रहेको थियो ।

नेपालको अनुपम भूगोल र मौषमी अवस्थाको लागि तयार पारिएका आर्टिफिसियल इन्टिलिजेन्स (एआई) परियोजनामार्फत विद्यार्थीले आफ्नो विश्वव्यापी परिप्रेक्ष्यलाई फराकिलो बनाउने तथा अन्तर्राष्ट्रिय सम्बन्ध वृद्धि गर्ने मौका पाए ।

विशेष खालको भूगोल र जलवायु अनुकूल बनाइएको एआई परियोजनाबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरुले भिन्न खालको संस्कृतिमा प्रवेश गर्ने अवसर पाउनुका साथै विश्वसम्बन्धी दृष्टिकोण विस्तार गर्ने अवसरहरु समेत पाएका थिए ।

ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल प्याट्रिक म्याक्रडेनले भने, ‘पुनः एक पटक लिड्स बेकेट युनिभर्सिटीबाट आएका विद्यार्थीहरुलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं । यो पहल विद्यार्थीका लागि महत्वपूर्ण शिक्षा प्रदान गर्न मात्रै नभई साझेदार संस्थाबीचको सम्बन्धलाई मजबूद बनाउन र विश्वव्यापी सहकार्यलाई प्रोत्साहित गर्न पनि उत्तिकै महत्वपूर्ण सावित भइरहेको छ ।’

कार्यक्रममा एलबीयूका प्रतिनिधिले टीबीसीका विद्यार्थीसँग कम्प्युटिङ स्टडिजको बारेमा छलफल, फ्याकल्टीबीच अनुसन्धानबारे विचारको आदानप्रदान, आगामी दिनमा एलबीयू र टीबीसीबीच हुनसक्ने सम्भावित सहकार्य र उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरि कम्प्युटिङ पाठ्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको थियो ।

विद्यार्थीहरुद्वारा विकास गरिएका नवीन ‘आईओटी’ परियोजनाहरुमा उनीहरुको रचनात्मक र समस्याको समाधान गर्ने सिपहरू प्रस्तुत भएका थिए ।

ज्याक स्मिथ, जेम्स वेस्टोबी, कञ्चन कोइराला र संयोजन देवकोटा समावेश समूह ‘ए’ ले बाढी पूर्व सूचना प्रणालीबारेको एआई परियोजना प्रस्तुत गरेका थिए ।

त्यस्तै समूह ‘बी’ ले एआई ट्राफिक व्यवस्थापन प्रणालीबारेको परियोजना प्रस्तुत गरेका थिए । यस समूहमा नोजेन्द्र ओला, लौरा गाण्डिया गार्सिया–मोरालेस, स्वीङ नाकार्मी र अग्रता भट्टराई रहेका थिए ।

यसैगरी समूह ‘सी’ का इस्लाम इल्सेरोउगी, ब्राडले लीच, राजश्वी श्रेष्ठ र अनमोल ढकालले एआई स्मार्ट गार्डनिङ प्रणालीबारेको परियोजना प्रस्तुत गरेका थिए ।

यसैगरी समूह ‘डी’ मा रहेका म्याक्स सियू चुङ यान, कनिका माथुर, श्रेयश पराजुली र दिवन सिग्देलले एआई हाते पानी नियन्त्रण प्रणालीबारे आफ्नो परियोजना प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?