+
+

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्दै, एमालेका थपलियाले आजै शपथ लिने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते १०:०५

१७ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

एमालेबाट एक जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको स्रोतले जनाएको छ ।

जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी हुने तय भएको छ । थपलियालाई मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने पक्का भएको छ ।

स्रोतका अनुसार थपलियाको पद तथा गोपनीयताको शपथ आजै बेलुकी ५ बजे प्रदेश प्रमुख कार्यालयमा हुनेछ ।

थपलिया दोस्रोपटक मन्त्री बन्न लागेका हुन् । यसअघि २६ पुस २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए ।

गठबन्धनमा फेरबदल आएसँगै थपलियाले छोटो अर्थात साढे २ महिनामै सरकार छोड्नु परेको थियो ।

१० चैतमा राजीनामा दिएर सरकारबाट बाहिरिएका थपलियाले गठबन्धन फेरबदलकै कारण फेरि मन्त्री बन्ने अबसर पाउँदैछन् ।

एमालेका एक सांसदका अनुसार आज एक जना मात्रै मन्त्री नियुक्त हुने र १९ चैतमा मुख्यमन्त्रीको विश्वासको मतपछि थप मन्त्रिपरिषद् विस्तार हुनेछ ।

एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ । रिक्त ६ वटा मन्त्रालयमध्ये १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन् ।

१२ सदस्यी मन्त्रिपरिषद्को बागमती सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूवार्धार विकास मन्त्रालय र सामाजिक विकास गरी ४ वटा मन्त्रालय, नेकपा (एकीकृत समाजवादी)ले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जिम्मेवारी सम्हालिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?