+
+

आइइसी डिजाइनर रनवेमा सेलिब्रेटीको र्‍याम्प वाक (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते २०:५३

काठमाडौँ । १३ औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ शनिबार सम्पन्न भएको छ । आयोजित शोमा जेन दीपिका गारेट, प्रियंका कार्की, नीति शाह, अस्मी श्रेष्ठ, मलिना जोशी, प्रियंकारानी जोशी, समर्पणजंग कार्कीले र्‍याम्पवाक गरे ।

शो-टपरको रुपमा उनीहरु आगामी सिजनको कलेक्सनसहित र्‍याम्पमा प्रस्तुत भएका हुन् । भारत रुस, सर्विया लगायत मुलुकका १३ अन्तर्राष्ट्रिय मोडलको सहभागिता थियो । २६ मोडलले नयाँ र आकर्षक डिजाइन प्रस्तुत गरेका थिए ।

यतिन नरेन्द्र गान्धीको कोरियोग्राफीमा शो आयोजना भएको थियो । शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ जना विद्यार्थी डिजाइनरले तयार पारेका फरक पहिरनलाई १५ सिक्वेलमा मोडलले र्‍याम्पमा प्रस्तुत गरेका थिए ।

आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?