+
+

‘आईएमई पे’ को ‘जेट सेट रिवार्ड’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १९:१३

काठमाडौं  । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक योजना सार्वजनिक गरेको छ ।

यो  अफर अन्तर्गत ‘आईएमई पे’ एप मार्फत  अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि  जित्ने मौका पाउनेछन् ।

यहि ६ चैतदेखि जेठ मसान्तसम्म तीन महिनाका लागि चल्ने सो अफरका ३ जना  भाग्यशाली विजेताको नाम ‘आईएमई पे’ को सामाजिक सन्जालमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।  यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको  १०० प्रतिशत क्यास ब्याक पाउनेछन् ।

दोस्रो  विजेताले द लेकसाइड रिट्रिट- पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन् ।

यसको साथै ‘आइएमई पे’ मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले  हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?