+
+

प्रस्तावित महालेखापरीक्षकको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो, आज सुनुवाइ समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते ७:३२

१९ चैत, काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बैठक बिहान १०ः३० बजे बोलाइएको छ ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी रहेका राया पूर्व अर्थसचिव हुन् ।

संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि राष्ट्रपतिले महालेखापरीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । महालेखा परीक्षकको पदावधि ६ वर्षको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?