+

राष्ट्रिय लिग : विभागीय डर्बीमा पुलिसलाई हराउँदै आर्मी दोस्रोमा

२०८२ फागुन  २५ गते २३:०० २०८२ फागुन २५ गते २३:००
राष्ट्रिय लिग : विभागीय डर्बीमा पुलिसलाई हराउँदै आर्मी दोस्रोमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मीले राष्ट्रिय लिगको विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई ४-१ ले पराजित गरेको छ।
  • निराजन धामीले दुई गोल गर्दै आर्मीलाई जितमा मदत गरेका थिए।
  • आर्मीले २० अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ भने पुलिस १२औं स्थानमा छ।

२५ फागुन, काठमाडौं । निराजन धामीको दुई गोल मदतमा त्रिभुवन आर्मीले राष्ट्रिय लिगको विभागीय डर्बीमा सोमबार नेपाल पुलिस क्लबलाई ४-१ ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मीका लागि पेम्बा दोस्रो शेर्पा र किरण सुनाले पनि एक-एक गोल गरे । पुलिसका लागि दशरथ गिरीले एक गोल फर्काए ।

९ खेलमा छैटौं जित हात पारेको आर्मी २० अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । आर्मीले अर्को विभागीय टोली एपीएफसँग अंकदूरी एक मा झार्दै आफूलाई उपाधि होडमा उभ्याएको छ । समान खेलबाट एपीएफ २१ अंकसहित शीर्ष स्थानमा छ । पाँचौ हार बेहोरेको पुलिस ९ खेलबाट ८ अंकसहित १२औं स्थानमा छ ।

निराजनले खेलको ३१औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । दशरथ गिरीले ४३औं मिनेटमा गोल गर्दै पुलिसलाई पहिलो हाफमै खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर दोस्रो हाफमा आर्मीले तीन गोल थप्यो । पेम्बाले ५७औं मिनेटमा गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए । निराजनले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा किरणले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा टिमको चौथो गोल गरे ।

तस्बीर: एन्फा

त्रिभुवन आर्मी एफसी निराजन धामी नेपाल पुलिस क्लब राष्ट्रिय लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय