News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लिग फुटबलमा शीर्ष स्थानको एपीएफ एफसीले प्लानिङ ब्वाइज युनाइटेडसँग १-१ को बराबरी खेलेको छ।
- युवराज खड्काले २२औं मिनेटमा गोल गरेपछि एपीएफले अग्रता लिएको थियो भने एलेक्स विलियनले ६२औं मिनेटमा बराबरी गोल फर्काए।
- एपीएफले ९ खेलबाट २१ अंक जोडेको छ भने प्लानिङले १९ अंक जोडेको छ र प्लानिङ दोस्रो स्थानमा छ।
२५ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा शीर्ष स्थानको टोली एपीएफ एफसीले अर्को बराबरी खेलेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफ प्लानिङ ब्वाइज युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको हो ।
युवराज खड्काले २२औं मिनेटमा गोल गर्दै एपीएफलाई पहिले अग्रता दिलाएका थिए । तर प्लानिङका लागि एलेक्स विलियनले ६२औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
लिगमा एपीएफको लगातार दोस्रो र प्लानिङको लगातार तेस्रो बराबरी हो । बराबरीले दुवैलाई घाटा पुगेको छ । अपराजित एपीएफले ९ खेलबाट २१ अंक जोडेको छ ।
समान खेलबाट प्लानिङले १९ अंक जोडेको छ । प्लानिङसँगै अर्को अपराजित लालिगुराँस र मछिन्द्र एफसीको पनि समान १९ अंक नै छ । गोलअन्तरमा प्लानिङ दोस्रो स्थानमा छ ।
सोमबार भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबले श्री भगवती क्लबलाई २-० ले पराजित गरेको थियो ।
प्रतिक्रिया 4