+

निर्वाचन स्थगित गर्न एन्फालाई राखेपको पत्र

२०८२ फागुन  २५ गते १७:५९ २०८२ फागुन २५ गते १७:५९
निर्वाचन स्थगित गर्न एन्फालाई राखेपको पत्र

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई चैत १३ गतेका लागि तोकिएको निर्वाचन स्थगित गर्न पत्र पठाएको छ।
  • राखेपले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम ७ को (ग) अनुसार परिषदको स्वीकती नभएसम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ।
  • एन्फाले राखेपको निर्देशनको अवज्ञा गर्दै निर्वाचन तालिका प्रकाशन गरेको र यसले अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको प्रतिष्ठा र फुटबल विकासमा नकरात्मक असर पर्ने उजुरी परेको छ।

२५ फागुन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तोकिएको निर्वाचन स्थगित गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाएको छ ।

राखेप संघ संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले एन्फालाई पत्र लेख्दै आगामी चैत १३ गतेका लागि तोकिएको निर्वाचन स्थगित गर्न निर्देशन दिएका हुन् ।

‘…राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम ७ को (ग) अनुसार परिषदको स्वीकती नभएसम्म संघको साधारण सभा तथा निर्वाचन सम्वन्धी सम्पूर्ण कार्य स्थगित गर्न, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को (ड) बमोजिम जानकारीका लागि अनुरोध छ,’ पत्रमा लेखिएको छ ।

राखेपले गत पुस २२ गते पत्र लेख्दै प्रचलित प्रचलित कानून बमोजिम गर्न तथा ११ बुदे निर्देशनसहित पत्राचार गरेको थियो । तर, एन्फाले कुनै पनि समन्वय नगरी निर्वाचन तालिका प्रकाशन गरेको राखेपले जनाएको छ ।

राखेपबाट भएको निर्देशनको अवज्ञा र गैरकानूनी कार्य गरी अन्तर्राष्ट्रिय स्तरमा समेत राष्ट्रको प्रतिष्ठा र फुटबल खेलको विकासमा नकरात्मक असर पर्ने भन्दै एन्फा उपाध्यक्षसहित केन्द्रिय सदस्यहरुले उजुरी दिएका थिए ।

एन्फा निर्वाचन एन्फा निर्वाचन विवाद राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय