+

पीएम कप बागमती प्रदेश छनोट क्रिकेटमा काठमाडौं र ललितपुरको विजयी सुरुवात

२०८२ फागुन  २५ गते २१:२० २०८२ फागुन २५ गते २१:२०
पीएम कप बागमती प्रदेश छनोट क्रिकेटमा काठमाडौं र ललितपुरको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं र ललितपुरले प्रधानमन्त्री कप बागमती प्रदेश छनोट क्रिकेटमा विजयी सुरुवात गरेका छन्।
  • ललितपुरले भक्तपुरलाई २६७ रनको लक्ष्यमा २४३ रनमा अलआउट गराएको थियो।
  • काठमाडौंले नुवाकोटलाई ५९ रनले पराजित गर्दै प्रतियोगितामा राम्रो सुरुवात गरेको छ।

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री कप (पीएम) बागमती प्रदेश छनोट क्रिकेटमा काठमाडौं र ललितपुरले विजयी सुरुवात गरेका छन् । आज भएको खेलमा काठमाडौं नुवाकोट र ललितपुरले भक्तपुरलाई पराजित गर्‍यो ।

आजको पहिलो खेलमा ललितपुरले दिएको २६७ रनको लक्ष्य पछ्याएको भक्तपुर ४९ ओभर २ बलमा २४३ रनमा अलआउट भएको थियो । भक्तपुरका लागि क्रिस कार्कीले सर्वाधिक ९३ रन बनाए ।

बलिङतर्फ ललितपुरका पंकज पाण्डेले सर्वाधिक ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६६ रन बनाएको थियो । ललितपुरका लागि रोविन तिवारीले सर्वाधिक ८८ रन बनाएका थिए । बलिङमा भक्तपुरका विशाल शाहले सर्वाधिक ३ विकेट लिए ।

आजको दोस्रो खेलमा काठमाडौंले नुवाकोटलाई ५९ रनले पराजित ग¥यो । काठमार्डौंले दिएको २४६ रनको लक्ष्य पछ्याएको नुवाकोट १८६ रनमा रोकियो। नुवाकोटका लागि दिनेश सुवेदीले सर्वाधिक ५६ रन बनाए ।

बलिङमा काठमाडौंका इशान पाण्डेले ५ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं ९ विकेट गुमाएर २४५ रन बनाएको थियो ।

काठमाडौंका लागि इशान पाण्डेले सर्वाधिक ९५ रन बनाएका थिए । बलिङमा नुवाकोटाका इशान पालीले सर्वाधिक ४ विकेट लिए ।

पीएम कप बागमती छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय