+

पीएम कप चैत ७ देखि हुने, जय ट्रफीको फाइनल अगाडि सर्‍यो

२०८२ फागुन  २५ गते २१:३४ २०८२ फागुन २५ गते २१:३४
पीएम कप चैत ७ देखि हुने, जय ट्रफीको फाइनल अगाडि सर्‍यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत ७ गतेदेखि मधेश प्रदेशको पर्सा र जनकपुरमा सुरु हुने भएको छ।
  • नेपाल क्रिकेट संघले पीएम कपको तालिका सार्वजनिक गर्दै केही खेल काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीमा हुने उल्लेख गरेको छ।
  • जय ट्रफीको फाइनल खेल चैत ३ देखि ५ सम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने भएको छ।

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत ७ गतेदेखि मधेश प्रदेशको पर्सा र जनकपुरमा सुरु हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पीएम कपको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार सुरुवाती केही खेल काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीमा पनि हुनेछ ।

फाइनलसहित अधिकांश खेलहरू मधेश प्रदेशमै हुनेछन् । यसअघि गत संस्करणको जय ट्रफी पनि काठमाडौंबाहिर मधेश प्रदेशमा खेलाइएको थियो ।

पीएम कप विसं २०८३ साल वैशाख ४ गतेसम्म चल्नेछ ।

यसैबीच आम निर्वाचन र लिग २ क्रिकेटका कारण सरेको जय ट्रफीको फाइनल खेल फेरि सरेको छ । लिग २ क्रिकेट नै स्थगित भएपछि जय ट्रफीको फाइनल फेरि अगाडि सारिएको हो ।

जय ट्रफीको फाइनल खेल अब चैत ३ देखि ५ सम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

यसअघि फागुन १७ देखि १९ सम्मलाई तय भएको फाइनल खेल एक महिना पछाडि सरेर चैत २१ देखि २३ सम्म खेलाइने भएको थियो ।

जय ट्रफी क्रिकेट पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय