+
+

जब रेखाले ‘अप्रिल फुल’ मनाउन अमेरिकाबाटै लेखिन् ‘गुडमर्निङ काठमाडौं’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १३:३९

काठमाडौं । सोमबार एकाबिहानै रेखा थापाले छोरी र श्रीमानसँगको फेसबुक रिल्स सेयर गर्दै लेखिन्, ‘हेलो काठमाडौं गुड मर्निङ ।’ उनको यो रिल्स देखेपछि धेरैजना रेखा नेपाल फर्किइसकिन् भनेर झुक्किए ।

रेखाले यी तस्वीर एक्समा पनि सेयर गरेकी छन् । रेखाले सेयर गरेको रिल्सको फोटो र भिडियोको पृष्ठभूमि पनि झण्डै काठमाडौं जस्तै देखिन्छ । तर नझुक्किनुहोला । रेखा यतिबेला अमेरिकाको कोलोराडोमै मातृत्वको अनुभव लिइरहेकी छन् ।

संसारभर अप्रिल १ लाई मुर्ख दिवसको रुपमा मनाइन्छ र रेखाले पनि सानोतिनो प्र्यांक गरेकी हुन् । उनी आफैंले अनलाइनखबरसँग वैशाखमा नेपाल आउने बताएकी थिइन् । यो सन्दर्भमा रेखाको उक्त फेसबुक रिल्स अप्रिल १ सेलिब्रेसनको एक बहाना मात्र थियो ।

रेखाको उक्त पोस्टमा धेरैजना झुक्किएर ‘नेपालमा स्वागत छ’ लेखेका छन् । कतिपयले अप्रिल फुलको ठट्टा गरेको भन्दै रेखाको उक्त भनाइलाई पत्याएका छैनन् । वेलकम ब्याक टु नेपाल कमेन्टमा रेखा आफैंले धन्यवाद समेत लेखेकी छन् ।

रेखा निकट फिल्मकर्मी तथा निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार रेखा वैशाख तेस्रो साता नेपाल आउनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?