
१९ चैत, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त सचिव पदमा मधुसूदन बुर्लाकोटीले जिम्मेवारी पाएका छन् ।
बिहीबार मन्त्रिपरिषद्को बैठकले बुर्लाकोटीलाई प्रशासन सचिवको रुपमा जिम्मेवारी दिएको हो ।
यसभन्दा अगाडि पनि स्वास्थ्य मन्त्रालयमा काम गरिसकेका बुर्लाकोटीले पत्र बुझेको पुष्टि गरे ।
‘सोमबार पत्र बुझिसकेको छु । केही दिनमा स्वास्थ्यमा हाजिर हुन जानेछु’, बुर्लाकोटीले अनलाइनखबरसँग भने । यसअघि उनी उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए ।
बुर्लाकोटीले सरकारी अस्पतालको सेवा सुधार गर्न प्रयास गर्ने बताए । उनले अगाडि थपे, ‘बिरामी हुँदा समयमै उपचार नागरिकले उपचार पाउनुपर्छ । त्यसतर्फ नै सुधार गर्न मेरो कोसिस रहनेछ ।’
देवकुमारी गुरागाईंले सरकारी अवकाश पाएसँगै स्वास्थ्यको प्रशासनतर्फको पद रिक्त रहेको थियो ।
स्वास्थ्य मन्त्रालयमा दुई सचिव रहने व्यवस्था छ । स्वास्थ्य सेवातर्फ डा. रोशन पोखरेलले जिम्मेवारी सम्हालेका छन् ।
प्रतिक्रिया 4