+
+

कानुन कार्यान्वयनमा सञ्चार माध्यमको जागरण अभियान आवश्यक : मन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १२:२१

२० चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुन कार्यान्वयनका लागि सञ्चार माध्यमको जागरण अभियान आवश्यक रहेको बताएकी छन् ।

रेडियो नेपालको ७४औं वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै मन्त्री शर्माले जनपक्षीय र प्रगतिशील कानुन बनाए पनि कार्यान्वयनले तीव्रता लिन नसकेको उल्लेख गरेकी हुन् ।

उनले संविधान र कानुनी व्यवस्था कार्यान्वयनका लागि सञ्चार माध्यमबाट सचेतना र जागरण अभियान आवश्यक रहेको बताएकी छन् ।

मन्त्री शर्माले भनिन्, ‘संवैधानिक र कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि घरघरमा सचेतनाको आवश्यकता छ । त्यसका लागि आम सञ्चारका माध्यमको प्रभावकारी अभियान महत्त्वपूर्ण छ ।’

नेपालको कानुनले हरेक क्षेत्रमा अर्थपूर्ण समावेशी सहभागिता, पैतृक सम्पत्तिमा छोराछोरीको समान अधिकार, सम्पत्तिमा दम्पतीकाे समान अधिकारलगायत व्यवस्था गरेको मन्त्री शर्माले बताइन् । यस्तो समावेशी कानुनी व्यवस्थालाई कार्यान्वयनमा सबैको साथ आवश्यक रहेको उनले बताइन् ।

मन्त्री शर्माले गौरवमय संघर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा वर्तमान सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?