
२० चैत, काठमाडौं । बारबरा फाउण्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार–२०८१ को आह्वान गरेको छ ।
फाउण्डेशनका अनुसार, पत्रकारिता जगतले सिंगो राज्य पद्धतीमा सुशासनको खोजी गर्न र नियम–कानूनको थिति बसाल्न पुर्याउँदै आएको भूमिकाको सम्मान गर्न यो विशिष्ट पुरस्कारको थालनी गरिएको हो ।
हरेक २ वर्षको अन्तरमा प्रदान गरिने पुरस्कारको राशि २५ लाख रुपैंयाको रहने र यसमा १५ लाख, ७ लाख र ३ लाख रुपैंया राशिका पुरस्कार प्रदान गरिने भएको छ ।
पुरस्कारमा जोडिएको मुद्धाले नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमैं परिवर्तन ल्याउन सक्ने वा प्रभाव देखाउन सक्ने तहको सान्दर्भिक सोध/खोजलाई प्रश्रय दिएको हुनुपर्नेछ ।
यसपटक वैशाख २०७९ देखि चैत २०८० सम्म (२४ महिना)मा प्रकाशन/प्रशारणमा आइसकेका अनुसन्धानपरक समाचार/सामग्रीले प्रतिष्पर्धामा स्थान पाउनेछन् । वैशाख २१, २०८१ (प्रेस फ्रिडम डे, २०२४ मे ३) मा यो पुरस्कार प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।
प्रतिष्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित हुनुपर्नेछ ।
यस्ता सामग्रीबारेको आवेदन जोजसले दिए पनि(प्रकाशक, पत्रकार, दर्शक, स्रोता वा पाठक) स्वीकार्य हुनेछ । तर, आवेदकको परिचय स्पष्ट रुपमा खुलाउनु पर्नेछ । यो आवेदन २०८० चैत मसान्तभित्रमा आइसक्नुपर्नेछ ।
फाउण्डेसनले यो पुरस्कारका अतिरिक्त भदौ महिनामा जनही अढाइ लाख रुपैंयाका दरमा ४ वटा (कुल १० लाख रुपैंया)को भिन्न चार बिषय अन्तर्गत पत्रकारिता फेलोसिपको समेत घोषणा गरेको थियो ।
उक्त पत्रकारिता फेलोसिप पाउनेहरुको नाम बैशाख २१, २०८१ (प्रेस फ्रिडम डे, २०२४ मे ३) मा सावजनिक गर्ने फाउण्डेसनले जनाएको छ ।
प्रतिक्रिया 4