+
+

निर्वाचन आयोगले तोक्यो इलाम-२ मा मुख्य निर्वाचन अधिकृत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १०:१८

२१ चैत, इलाम । निर्वाचन आयोगले इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भने यही चैत २२ मा इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ ।

उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् ।

निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ ।

इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् ।

यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् ।

निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?