+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कारबाही भोगेका र चार वर्षपछि तालिम गरेका डीएसपी बढुवामा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १४:१०

२२ चैत, काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)को बढुवा विवादित बनेको छ । राम्रा अफिसरलाई छुटाएर कारबाही भोगेका र पछि तालिम गरेकाहरुको बढुवा भएको भन्दै आलोचना भएको हो ।

प्रहरी प्रधान कार्यालयले बुधबार राति २०७० मा प्रहरी निरीक्षकमा भर्ना भएको टोलीबाट १९ जनालाई डीएसपी बढुवा लागि सिफारिस गरेको थियो । ९८ जना प्रतिस्पर्धी हुँदा डीएसपीको १९ दरबन्दी खाली भएकाले १९ जना मात्रै बढुवामा सिफारिस भएका थिए ।

सिफारिस भएकामध्ये पहिलो नम्बरका निर्मल पनेरु एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको पसर्ननल सेक्युरेटी अफिसर (पीएसओ) बसेका थिए । अघिल्लो बढुवामा भने उनी छुटेका थिए ।

त्यस्तै बढुवा सिफारिसमा परेकामध्ये ऋषिराम घर्तीमगर, लक्ष्मण ओली, भिषणबाबु राई कारबाहीमा परेका थिए । घर्तीमगरले इलाका प्रहरी कार्यालय बुटवलको निमित्त हुँदा थुनुवालाई होटलमा राखेको आरोपमा उनीमाथि कारबाही गरिएको थियो । विभिषण प्रहरी वृत्त दरबारमार्गमा रहँदा कारबाहीमा परेका थिए भने वाकिटाकी सेट फुटाएको आरोपमा लक्ष्मण ओली कारबाहीमा परेका थिए ।

त्यस्तै चार वर्षपछि इन्सपेक्टरको तालिम गरेका व्यक्ति पनि बढुवा भएका छन् । २०७० मा अरुले तालिम गरे पनि बढुवा सिफारिसको अन्तिममा रहेका कमलकुमार खड्काले २०७४ मात्रै इन्सपेक्टरको तालिम गरेका थिए ।

वैकल्पिक सूचीमा रहेका खड्कासहितको टोलीले सर्वोच्चमा मुद्दा हालेका थिए । सर्वोच्चले उनीहरुलाई पद बहाली गर्नू भन्ने आदेश दिएपछि भर्ना मिति २०७० नै राखेर २०७४ मा खड्कासहितको टोलीलाई तालिम गराइएको थियो ।

प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले मापदण्ड अनुसार सरुवा/बढुवा गर्ने बताए पनि कारबाही भोगेका र पुछारमा रहेका बढुवा हुँदा कारबाही नभोगेका र बढुवा सूचीको अगाडि रहेकाहरु पनि बढुवामा छुटेका छन् । कारबाही भोगेकाहरुले भने फिल्डमा काम गर्ने व्यक्ति नै कारबाहीमा पर्ने हो । हेडक्वार्टरमा बसेको भए हामी कारबाहीमा पर्ने थिएनौं’ भन्ने गरेका छन् ।

बढुवा सिफारिसमा पर्नेहरुमा निर्मल पनेरु, ऋषिराम घर्तीमगर, दीपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नवीन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भिषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमल कुमार खड्का छन् ।

यसअघि डीएसपीबाट एसपी बढुवा सिफारिसमा समेत पहिलो नम्बरका प्रदिप क्षेत्रीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ विनोद घिमिरेको बढुवा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?