+
+

‘बलिदान’को शीर्ष भूमिकामा ऋचा शर्मा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १५:१६

काठमाडौं । छायांकन तयारीमा रहेको फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा ऋचा शर्माले अभिनय गर्ने भएकी छन् । निर्माता कम्पनी आशुसेन फिल्म्ससँग उनले लिखित सम्झौता गरेको प्रेषित विवरणमा उल्लेख छ ।

यद्यपि, शर्माले निर्वाह गर्ने चरित्रबारे खुलाइएको छैन । २०८१ सालमा रिलिज हुने बताइएको यो फिल्मलाई ‘प्रेमगीत’ फेम्ड निर्माता तथा निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन् ।

‘फस्टलभ’बाट अभिनय करिअर थालेकी शर्माको पछिल्लो फिल्म ‘चि मुसी ची’ थियो । ‘लुट’ उनको करिअरको सर्वाधिक सफल फिल्म हो जुन कला र ब्यापार दुबै पक्षमा उत्कृष्ट रह्यो ।

‘बलिदान’बाट शीर्ष अभिनेतामा विराज भट्टका छोरा समीरले डेब्यु गर्दैछन् । भट्टले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिम लिएको जनाइएको छ ।

कुनै परिस्थितीमा कसरी मुख्य पात्रले देशलाई जोगाउने निर्णय लिन्छ भन्ने कथावस्तुमा फिल्म घुम्नेछ । यो फिल्मको स्क्रिप्ट डक्टरमा मनोज पण्डित छन् । मधेश प्रदेशमा छायांकन हुने यो फिल्म आशुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?