+
+
Shares

निम अवार्ड : जुगल डंगोललाई यसवर्षको रजत संगीत सम्मान, ४२ विधामा पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १७:२४

२२ चैत, काठमाडौं । सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड अन्तर्गत यसवर्षको रजत संगीत सम्मान-२०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित भएका छन् ।

बिहीबार ललितपुरको होटल स्क्वायरमा आयोजित समारोहमा अग्रज संगीतकार जुगल डंगोललाई सम्मान गरिएको हो ।

पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आयोजित उक्त समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डंगोललाई उक्त सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा संगीतकार डंगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल ‘साउनको भेल जस्तो’ प्रस्तुत गरिन् भने बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरीको धुन सुनाए ।

सोही समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायतलाई सम्‍मान गरिएको थियो । यस्तै ५ हजार ५ सय ५५ राशिको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो ।

‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड)–२०२४ अन्तर्गत यसवर्ष विभिन्न ४२ विधामा अवार्ड वितरण गरिएको छ, जसअन्तर्गत आधुनिक गीततर्फ नव गायकको अवार्ड राजु भट्टले पाए भने नव गायक जुरी अवार्ड सन्त बहादुर दराईले पाए । यस्तै नव गायिकाको अवार्ड प्रिजा मिश्रले पाइन् ।

आधुनिक विधातर्फ गायकको अवार्ड यस कुमारले पाए भने गायिकाको अवार्ड निता आचार्यले पाइन् ।

यस्तै आधुनिक संगीतकारको अवार्ड नरहरी प्रेमीले पाए भने गीतकारको अवार्ड टेक तामाङले पाए । त्यसैगरी आधुनिक महिला गीतकारको अवार्ड सविता पोख्रेलले पाइन् ।

यस्तै राष्ट्रिय भाव गीतको अवार्ड कर्माले पाए भने गलजतर्फको अवार्ड रुद्रशेखर शर्माले प्राप्त गरे । त्यसैगरी गजलकै जुरी अवार्ड संगीता राना प्रधानले पाइन् भने युगल गायनको अवार्ड मोहन श्रेष्ठ र सहिमा श्रेष्ठले संयुक्त रुपमा पाए ।

यसैगरी पप गायनतर्फ गायकको अवार्ड डेविड शंकरले पाए भने गायककै डायस्पोरा अवार्ड चेष्टर लिम्बूले पाए । त्यसैगरी लोक पपतर्फ गायकको अवार्ड नविन कार्कीले पाए भने गीतकारको अवार्ड अनिल तिखत्रीले पाए । संगीतकारको अवार्ड मानस राजले पाए ।

यस्तै लोकदोहोरीतर्फ पुरुष मोडलको अवार्ड सागर लम्साल (बले)ले पाए भने महिला मोडलको अवार्ड एन जेड सालुले पाइन्। यस्तै महिला मोडलको जुरी अवार्ड प्रमिता राजघतानीले पाइन् भने नव मोडल पुरुषको अवार्ड बसन्त उदासले हात पारे ।

यस्तै नव मोडल महिलाको अवार्ड भने मिशेल घिमिरेले पाइन् । निम अवार्ड समारोहमा लोक गीततर्फ मौलीक गीतको अवार्ड हेमन्त कान्छा रसाईली र उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड कमल एक्चै मगरले प्राप्त गरे ।

कार्यक्रममा लोकदोहोरी तर्फ गीत रचनाको अवार्ड सागर बाँस्तोलाले पाए भने लयको आवर्ड ऋषि खड्काले पाए । यस्तै गायकको अवार्ड राम कुमार नेपालीले पाए भने गायिकाको अवार्ड सञ्जु न्यौपाने पाइन्।

यस्तै नव महिला मोडल तर्फ नै पब्लिक च्वाईस अवार्ड पुनम श्रेष्ठले पाइन् भने कोरियोग्रफरको अवार्ड राहुल बराईलीले पाए । म्युजिक एरेन्जरको अवार्ड सुदिप सागरले प्राप्त गरे भने आधुनिक/पप गीततर्फ भिडियो निर्देशकको अवार्ड केशव राज भट्टले हात पारे ।

यसैगरी पुरुष मोडलको अवार्ड राज टाईगरले पाए भने महिला मोडलको अवार्ड अश्विनी शाहीले हात पारिन् । यस्तै लोकदोहोरी भिडियो निर्देशकको अवार्ड सृजन बरालले पाए ।

प्राविधिक विधातर्फ ध्वनी मिश्रणको अवार्ड नरेन्द्र वियोगीले, छायाँकारको अवार्ड मुकेश हुमागाईले, म्युजिक भिडियो सम्पादकको अवार्ड अमृत चापागाईले पाए । समावेशीतर्फ डेउडा गीतको अवार्ड शान्ति शाहीले, मैथली भोजपुरीतर्फ गीतको अवार्ड प्रेमनारायण झाले, गायनको अवार्ड विरेन्द्र कुमार झाले, म्युजिक भिडियो अवार्ड मुन्ना कुमार र जुरी अवार्ड बद्री शाहले हासिल गरे ।

यस्तै नेपाल भाषातर्फ गीतकारको अवार्ड नातीकाजी महर्जनले, संगीतकारको अवार्ड मनराज नकर्मीले, गायनको अवार्ड मोहन शाक्यले, नेपाल भाषा म्युजिक भिडियोको अवार्ड दर्शन वीर शाक्यले प्राप्त गरे ।

आयोजक संस्था पिम नेपालका अध्यक्ष माधवराज खरेलले पिम अवार्ड नेपालमा बोलिने विभिन्न भाषाका गीतसंगीतलाई प्रदान गरिने बताए । उनले यो अवार्ड विगत ७ वर्षदेखि आयोजना हुँदै आएको बताउँदै गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान दिएको बताए ।

यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले निम अवार्ड समावेशी अवार्डको रुपमा स्थापित भइसकेको बचाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?