+
+

नेसपाको समर्थन स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमलाई

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १६:०४

२३ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले इलाम–२ को उपनिर्वाचनमा डकेन्द्रसिं थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ ।

थेगिम स्वतन्त्र उम्मेदवार हुन् । परम्परागत राजनीतिक दलहरूको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चुंगुलबाट मुलुकलाई निकाल्न थेगिमलाई गरेको समर्थनले इट्टा थप्ने नेसपाले जनाएको छ ।

नेसपाले पहिचान र सामर्थ्य सहितको संघीयता, सुशासन, समुन्नत समाजवादको लागि थेगिमलाई समर्थन गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।

आगामी १५ वैशाखमा इलाम–२ मा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?