+
+

संविधान कार्यान्वयनका लागि १८२ वटा कानुन बनाउन अझै बाँकी छ : मन्त्री गिरी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते ९:५६

२६ चैत, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले अर्थतन्त्र चलायमान बनाउन, सुशासन कायम गर्न र विकास निर्माण गर्न सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । आउँदो नयाँ वर्षदेखि सबै नेपालीलाई देशको अर्थतन्त्र सुदृढ बनाउने काममा खटिन पनि उनले आह्वान गरे ।

प्रेस चौतारी नेपालले सोमबार पोखरामा गरेको कार्यक्रममा मन्त्री गिरीले भने, ‘भ्रष्टाचार अन्त्य गर्न खरो रूपमा उत्रनुपर्छ । यो सरकारले सुशासन र समृद्धिमा केन्द्रित हुन्छ । नयाँ वर्षमा सबै नेपाली देशको अर्थतन्त्र बनाउने काममा जुट्नुपर्ने जरूरी छ ।’

जनताका निराशा चिर्न नयाँ गठबन्धन बनेको बताउँदै उनले सरकारको मुख्य ध्यान अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माण र सामाजिक सुधारका पक्षमा काम गर्नेमा रहेको बताए ।

संविधान कार्यान्वयनका लागि १८२ वटा कानुन बनाउन अझै बाँकी रहेको र त्यसमध्ये ६१ वटा कानुनलाई पहिलो चरणमा बनाउने गरी सरकारले तयारी गरिरहेको उनले जानकारी दिए ।

‘समयमै कानुन तयार नहुँदा जनतामा संघीयता नै निस्प्रभावी भयो भन्ने भ्रम उत्पन्न भइरहेको छ । सघीयता र संविधान कार्यान्वयनका लागि चाहिने नीति बनाउनुपर्ने छ,’ उनले भने, ‘डिजिटल प्लेटफर्म बनाएर नागरिकका विचार संकलन गर्ने हाम्रो योजना छ ।’

कानुन निर्माणको क्रममा सबै क्षेत्र तथा नागरिकको सुझाव समेट्नका लागि मन्त्रालयले ‘डिजिटल प्लेटफर्म’ निर्माण गर्न लागेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?