+
+

समर्थन फिर्ता लिंदै मुख्यमन्त्री कार्कीलाई एमाले–माओवादीले लगाएको चार आरोप

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १७:२८

२६ चैत, विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई चार आरोप लगाएको छ । २७ असोजमा कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा एमाले १८ कात्तिकमा सरकारबाट बाहिरिएको थियो ।

तर समर्थन फिर्ता लिएको थिएन । सोमबार माओवादी केन्द्रसँगै एमालेले पनि समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिदा एमाले र माओवादी केन्द्रले चार आरोप लगाएका छन् ।

मुख्यमन्त्री कार्कीलाई पदीय जिम्मेवारी ठिक ढंगले निर्वाह नगरेको, अनुचित र अस्वभाविक अभिव्यक्ति दिने गरेको, सस्तो लोकप्रियताका लागि सरकारी कोषबाट बिना अध्ययन अनुसन्धान अनावश्यक र अनूचित खर्च गरेको आरोप एमाले–माओवादीले लगाएका छन् ।

चौथो आरोप भने मुख्यमन्त्री कार्कीले प्रादेशिक संरचनाको प्रतिष्ठामै आँच आउने व्यवहार प्रदर्शन गरेको उल्लेख छ ।

कार्कीमाथि चार आरोप लगाएका दुई दलका ५३ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको राजनीतिक दाबी पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?