+
+

मुख्‍यमन्त्री कार्कीलाई दीर्घकालीन असर गर्ने काम नगर्न एमाले माओवादीको खबरदारी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १४:४९

२७ चैत, विराटनगर । सोमबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै दुई दलले   नयाँ कार्यक्रम स्विकृत नगर्न, योजना काट्न र कर्मचारीको सरुवा नगर्न आग्रह गरेकाे हाे । अल्पमतमा परेका मुख्यमन्त्रीले दीर्घकालीन असर गर्ने काम गर्न नहुने नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

पत्रकार सम्मेलनमा उनले कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मतका लागि समय दिने बताए ।

३० दिन भित्र विश्वासको मत नलिए ३१ दिनमा स्वत: पदमुक्त हुने उनकाे भनाइ छ ।  मुख्यमन्त्री कार्की भने विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?